युएईमा बाढिमा परेर भरतपुरका मोहन पुनको मृत्यु, भिजिट भिसामा पुगेका उनी पुल नजिकै डुवे

काठमाडौं– युनाइटेड अरब इमिरेट्स (यूएई) मा भिषण वर्षापछि आएको बाढीमा परी एक जना नेपाली श्रमिकको मृत्यु भएको छ। चितवनको भरतपुरका मोहन पुनको बाढीमा परी मृत्यु भएको आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ।

भिजिट भिसामा यूएई पुगेका उनी शारजाह स्थित वेल क्याफे रेस्टुरेन्टमा काम गर्थे। शारजाहबाट अजमान जाने बाटोमा रहेको पुल नजिक उनी बाढीमा परेको जनाइएको छ। सरकारी कार्यालय बन्द भएका कारण मृतकको विषयमा थप जानकारी लिन नसकिएको दूतावासले जनाएको छ।

खाडी मुलुक युएई र ओमानमा दुई दिनदेखी परेको वर्षाका कारण बाढी आइरहेको छ। बाढीका कारण यूएईका सरकारी कार्यलय बन्द छन्। यो क्षेत्रमा इतिहासकै भारी वर्षा भएको जनाईएको छ।

सन् १९४९ देखि वर्षा सम्बन्धी तथ्यांक राख्न थालिएको युएईमा अहिलेसम्म यति वर्षा मापन गरिएको थिएन। समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार युएईमा वर्षमा औसत १२५ देखि १५० मिलिमिटर पानी पर्छ। तर अल ऐन सहरमा भने २४ घण्टामै २५४ मिलिमिटर वर्षा भयो।

भारी वर्षाका कारण ओमानमा कम्तीमा २० जनाको मृत्यु भयो भने तुलनात्मक रूपमा विकसित युएईमा पनि एक जनाको मृत्यु भयो। पानी खासै नपर्ने भएकाले निकासमा धेरै ध्यान नदिइकन बनाइएका सडक भारी वर्षापछि खोला बनेर सहरहरू अस्तव्यस्त भए। यस्तै विश्वको दोस्रो सबभन्दा व्यस्त दुबई इन्टरनेसनल एअरपोर्टमा उडान प्रभावित भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट