जोगी बन्न भारु २ सय करोडको सम्पत्ति दान गर्ने को हुन भण्डारी दम्पति ?

काठमाडौं– भारतको गुजरातका एक व्‍यवसायीको परिवारले अफ्नो जिवनभरीको कमाई दान गरेर भिक्षु बन्न तयार भएको समाचारले अहिले धेरैको ध्यान आकर्षित गरेको छ। ती ब्यवसायीको सम्पत्ति करीब २ सय करोड भारतीय रुपैयाँ छ।

गुजरातको साबरकान्ठा जिलाका स्थित हिम्मतनगरमा बस्ने भावेश भाई भण्डारीले पत्निैसँगै भौतिक जीवनको विलासिता त्याग गर्ने फैसला गरेका हुन। उनी बाँकी जिन्दगी सन्‍यासी भएर विताउन चाहान्छन्।

उनको यो फैसलाले धेरैलाई आश्चर्यमा पारेको छ। सामाजिक सञ्जालमा भण्डारीको यो कदमप्रति आश्चर्य ब्यक्त गर्नेहरुको धेरै छन्। साबरकान्ठाको समृद्ध परिवारमा गनिने भावेश भाई भण्डारीको जिवन यापन सुख–सुविधामा भएको छ। उनी साबरकान्ठा र अहमदाबाद दुवै स्थानमा कन्स्‍ट्रक्‍शनको काम गर्थे। भण्डारीको परिवार लामो समयदेखि जैन समुदायसँग नजिक छ।

जैन समुदाय प्राय भिक्षु र भक्तसँग जोडिएको हुन्छ। भावेश भाई र उनकी पत्नी दुवैले अव पंखा, एयर कन्डीशनर र मोबाइल फोन सहित सवै भौतिक सपत्ति त्याग गरेर तपस्वीको जीवन बाँच्ने कसम खाएका छन्।

भावेश भाईका बालबच्चाले यस अघि नै भौतिक जीवनबाट सन्‍यास लिईसकेका छन्। सन २०२२ मा उनका १६ वर्षीय छोरा र १९ वर्षकी छोरीले सन्‍यास लिएका थिए। छोराछोरीकै इच्छा अनुसार भावेश र उनकी पत्नी पनि सन्यासी बन्न लागेका हुन।

हिम्मतनगरमा आयोजित एक भव्य समारोहमा भण्डारी दम्पतिले ३५ जनासहित अनुशासित जीवन विताउँन शंकल्प लिएका छन्। लगभग ४ किलोमिटर लामो जुलूसमा भावेशले आफनो २०० करोड़ भारुको पुरै सम्पत्ति दान गरे। भारतीय सञ्चार माद्यमका अनुसार २२ अप्रिलमा उनी हिम्मतनगरबाट औपचारिक रूपमा भिक्षुको भेषमा नदिकिनारमा पुग्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट