तरबार प्रहार गरी २ युवकको हत्या गर्न खोजेको आरोपमा जाहेरी परेपछि निवर्तमान वडाध्यक्ष फरार

विराटनर– गत २९ चैतमा विराटनगरको जतुवामा दिनदहाडै दुई युवकमाथि तरवार प्रहार भएको घट्नामा एक निवर्तमान वडाअध्यक्षसहित ९ जना विरुद्ध किटानी जाहेरी दर्ता भएको छ।

पीडित परिवारले विराटनगर महानगरपालिका–१४ का निवर्तमान वडाध्यक्ष बलदेव यादवसहित ९ जनाविरुद्ध इलाका प्रहरी कार्यालय रानीमा ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गराएको हो।

जाहेरी अनुसार निवर्तमान वडाध्यक्ष यादवको योजना र निर्देशनमा ९ जनाको समूहले विराटनगर–१४ का ४० वर्षीय सन्तलाल यादव र ३० वर्षीय प्रकाश यादवमाथि तरवार प्रहार भएको थियो। तरवार प्रहारबाट गम्भिर घाईते भएका सन्तलाललेको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

पीडित परिवारका अनुसार यो घट्नामा बलदेवसहित स्थानीय ३४ वर्षीय शंकर भनिने रविन यादव, ४४ वर्षीय फुलेश्वर यादव, ३१ वर्षीय रोजौ भन्ने राजवेश यादव, ४६ वर्षीय उपनारायण यादव, ४२ वर्षीय शंकर यादव, ६५ वर्षीय धनपत यादव, ३२ वर्षीय दिपेश यादव र ६२ वर्षीय जोगीलाल भनिने योगीलाल यादव संलग्न छन्। ती मध्ये फुलेश्वर पक्राउ परेका छन् भने बलदेव फरार भएका छन्।

उनी भारततिर गएको प्रहरीले आशंका गरेको छ। पीडित परिवार भने जाहेरीमा उल्लेख गरिएका प्रतिवादी गाउँमा खुलेआम हिडडुल गरिरहेका बताउँछन्। उनीहरुका कारण गाउँमा अहिले पनि त्रासको वातावरण कायमै रहेको घाइते सन्तलालका बुबा पन्चलाल यादवले बताए।

बलदेव कर्तव्य ज्यान मुद्दामा धरौटीमा छुटेका व्यक्ति हुन्। उनीमाथि विराटनगर–१४ का ५५ वर्षिय समानन्द यादवको हत्या गरेको मुद्दा विचाराधिन छ। ३ जेठ ०७६ मा विवाहको विषयमा विवाद हुँदा विराटनगर–१४ का तत्कालीन वडा अध्यक्ष बलदेवको घरमा सामुहिक भेला बसेको थियो। त्यही क्रममा निर्घात कुटिएका समानन्दको १ महिनापछि मृत्यु भयो।

मृतकका परिवारले घटनामा संलग्न भएको आरोपमा बलदेव विरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेको थियो। त्यसपछि उनी पक्राउ परे। तर, ११ मंसिर ०७७ मा जिल्ला अदालत मोरङले उनलाई ३ लाख धरौटीमा छाडेको थियो।

मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले घटनामा संलग्नलाई कारवाहीको दायारमा ल्याईउने बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट