कतारका राजा काठमाडौं आउँदा आधा घण्टा विमानस्थल वन्द, जाँदा पनि उस्तै
काठमाडौं– पहिलो पटक नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको स्वागतका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा वन्द हुने भएको छ।
कतारका अमिर दुईदिने भ्रमणका लागि आज साँझ ५ वजेभित्र नेपाल आईपुग्ने छन्। त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका लागि ‘नोटिस टु एयरमेन’ (नोटाम) जारी गरिएको छ। राजकीय भ्रमणका सिलसिलामा अतिविशिष्ट पाहुनाको सम्मान र सुरक्षाका विमानस्थल बन्द गर्ने प्रचलन छ।
कतारी अमिरलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैं विमानस्थल जानेछन्। विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेट गर्ने कार्यक्रम छ। राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्नेछन्।
दोस्रो दिन अमिर थानीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग द्विपक्षीय वार्ता गर्ने कार्यतालिका छ। वार्तापछि दुवै नेता द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
थानीको आगमनको अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ। उनी बुधबार स्वदेश फर्किनेछन्। बुधबार अमिर थानी फिर्ता हुने समयमा समेत नोटाम जारी हुनेछ।
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
बालेन्द्र साहको तिव्र असन्तुष्टिः प्रधानमन्त्रीसँग भेटेर भने– ‘गृहमन्त्रीले युवाको अपमान गरे, हटाउनोस्’
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
