१२५ घरगोठ जलेर खरानीको थुप्रोमा परिणत भयो मटिहानीको जरलहवागाछी भगवती टोल

जनकपुर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी भगवती टोलमा भएको आगलागीमा बस्ती नै सखाप भएको छ। गाउँका करिव १२५ वटा घरगोठ जलेर खरानीको थुप्रोमा परिणत भएको हो।

मुस्लिम बस्तीको मियाटोल स्थित परालको कुन्युमा लागेको आगो करिव १ वजे गाउँमा सल्किएको थियो। उक्त आगो १० वटा दमकल, ३ सय बढी सुरक्षाकर्मी, एक्स्काभेटर तथा गाउँलेको अथक प्रयासमा ६ घण्टापछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

धानुक, मुस्लिम, पासवान, मलाहलगायतको बसोबास रहेको यो वस्तीमा विपन्नहरुको वसोबास छ। अधिकांश काठका घर र जस्तापाताको छानो भएका कारण आगलागि नियन्त्रण बाहिर गएको थियो। त्यसमाथि तातो हावा चलेका कारण स्थिती अझै भयावह भएको जनाईएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार हालसम्म ९२ घर र केही गोठ जलेको विवरण संकलन भएको छ। स्थानीयले भने १२५ भन्दा घरगोठ जलेको जनाएका छन्। क्षतीको विवरण अझै आएको छैन।

मेयर हरिप्रसाद मण्डलले पनि आगलागीमा करिब १२५ भन्दा बढी घरगोठ जलेको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट