५ वर्षीय छोराको हत्या गरी पलङको घर्रामा शव, पक्राउ परिन आमा

लहान– सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई लहान नगरपालिका १ मा बस्ने ३४ वर्षीय सरीताकुमारी साह आफनै ५ वर्षीय छोराको हत्या आरोपमा पक्राउ परेकी छिन्।
साहले ५ वर्षीय छोरा आयुषको हत्या गरी आफु सुत्ने पलङको घर्रामा शव लुकाएकी थिइन्। स्थानीयले बालक हराएको जानकारी गराएपछि खोजतलाश गर्दा घर्रामा बालकको शव फेला परेको प्रहरीले जनाएको छ।
गत ११ वैशाखमा स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी टोलीले खोजतलाश गर्दै जाँदा आमाकै बक्स पलङको घर्राभित्र मृत अवस्थामा आयुषको शव फेला परेको सिरहा प्रहरीका डिएसपी मुक्तिनाथ सापकोटाले बताए।
प्रहरीले सरीतालाई सोही दिन पक्राउ गरेको छ। शवको अवस्था हेर्दा घाँटी थिचेर हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ। आरोपितले छोराको हत्या गरेको स्वीकार गरेकी छन्।
प्रतिक्रिया