बोलेरो दुर्घटनामा २ महिलाको मृत्यु, १२ जना घाईते, ४ बालबालिकाको अवस्था गम्भिर

विराटनगर– भोजपुरमा सोमवार बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने१२ जना घाइते भएका छन्। घइतेमध्ये चारजना बालबालिकाको अवस्था गम्भीर छ।

आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटनामा परेको हो। भोजपुरबाट उदयपुर, धरान, इटहरी तर्फ जाँदै गरेका यात्रु सवार बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रुना राई र सुनसरीको धरान उपमहानगरपालिका–५ की ३६ वर्षीया शान्ति राईको मृत्यु भएको छ। रुनाको घटनास्थलमै र शान्तिको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

बोलेरोमा सवार १४ जनामध्ये १२ जना घाइते भएका छन्। दुर्घटनामा घाइते भएका घाइते भएका सबैको अहिले धरानमै उपचार भइरहेको छ। दुर्घटनामा बोलेरो चालक भोजपुर आमचोक गाउँपालिका–१ का ३६ वर्षीय प्रकाश राई पनि घाइते भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट