फेसबुकमा चर्चित ब्यक्तिका फेक आईडीको आतंकः इमोसनल ब्ल्याकमेल गर्दै पैसा असुल्दै

राजविराज– मधेश प्रदेशमा नाम चलेका ब्यक्तिको नक्कली फेसबुक आईडी बनाएर तिनका आफन्त र सर्कलमा पैसा माग्ने क्रम वढेको छ। एकपछि अर्को गर्दै यस्ता घट्ना वढिरहेका छन्।

केही दिनअघि मधेश प्रदेशको आम सञ्चार प्राधिकरण अध्यक्ष अध्यक्ष श्यामसुन्दर यादवले आफनो नक्कली फेसबुक आईडी बनाएर पैसा मागिरहेको जानकारी गराएका थिए। उनले फेसबुकमा लेखेका थिए ‘हमर नामके फेक आइडी बनाके हम होस्पिटलमे छी कैहके पैसा माइग रहल जानकारी प्राप्त भ रहल अइछ। हमरा कोनो प्रकारके सहयोगके आवश्यकता नइँ अइछ। कृपया फ्रेण्ड रिक्वेस्ट स्कीकार नइँ करु। एहन फटहा दलालके पहिचान आ कानूनी प्रक्रियामे लाबए खातिर कृपया अपन अपन ठामस सहयोग करु।’

यादवले स्ट्याटससहित उनको नामको नक्कली आईडीबाट पैसा माग गरिएको स्कृनसर्ट समेत राखेका थिए।

त्यसको दुई दिनपछि नै आईतबार मधेश प्रदेश सरकारका पूर्व शिक्षामन्त्री महेश प्रसाद यादवले फेसबुकमा यस्तै स्ट्याटससहित पैसा माग्न प्रयोग गरिएको क्युआर कोड र सम्वादको स्कृनसर्ट फेसवुकमा अपलोड गरेका छन्।

उनले लेखेका छन्–‘सबैमा नमस्कार, मेरो नाम र फोटोको दुरुपयोग गरि मेरो नामबाट फेक आइडी बनाइ मेरो चिनजानहरुसँग पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त हुन आएकोले त्यसप्रति मेरो ध्यानाकर्षण भएको छ।’

उनले फेसवुकको फेक आईडीको लिंकसहित सवैलाई सचेत गराएका छन्। यसरी एकपछि अर्को ब्यक्तिका नाममा पैसा माग्ने क्रम वढेपछि सर्वसाधारण त्रसित वनेका छन्।

यता, सप्तरीका एसपी गजुसिद्धि बज्राचार्यले यी घट्नामा प्रहरीले आफनो ढंगबाट काम गरिरहेको र दोशीलाई काराही गर्ने वताए। आम सञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवको निवेदन दर्ता गरिएको र पूर्वमन्त्रीको निवेदन दर्ताको तयारीमा रहेको जानकारी दिएका उनले यस विषयमा साईवर ब्युरोसँग समन्वय गरी प्रहरीले अनुशन्धान अघि वढाएको वताए।

फेसवुकबाट भईरहेका अपराधिक गतिविधि अनुगमन तथा नियन्त्रणका लागि डाटा सेन्टर नेपालमा नभएकाले यी विषयलाई निचोडमा पुर्याउन केही समय लाग्ने भएपनि फेसवुकको कार्यालयले रेस्पोन्स गर्नासाथ संलग्न ब्यक्तिहरु प्रहरीको नियन्त्रणमा हुने उनले दावी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट