खर जोगाउन खोज्दा डढेलोमा जलेर आमाछोराको मृत्यु
राजविराज– खरबारीमा लागेको डढेलो निभाउने क्रममा ओखलढुङ्गाको वेतिनीमा आमाछोराका मृत्यु भएको छ।
डढेलोमा जलेर मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१० बेतेनीका ५५ वर्षीया पुन्यमाया धमला र उनका छोरा १५ वर्षीय कञ्चन धमला छन्। आगोले जलेर गम्भिर घाईते भएका उनीहरुको घटनास्थलमै मृत्यु भएको छ।
हरिबोले बसाहा सामुदायिक वनमा लागेको डढेलो बाहुनडाँडा कोल पाखामा रहेको निजी खरबारीमा सल्किएपछि उनीहरु खर जोगाउन गएका थिए। साही क्रममा आमा पुन्यमाया आगोमा परेकी थिईन।
आमालाई जोगाउन जाँदा छोरा पनि जलेर घाईते भएका थिए। गम्भिर अवस्थामा रहेका उनीहरुको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका इन्स्पेक्टर बालिष्टार सिंहले बताए।
प्रतिक्रिया