राती चोर खेदेर सुतेका गाउँलेले विहान छिमेकमा महिलाको शव देखेपछि…

दमक– चोर आएको सोचेकी वृद्धाको झापामा एक जना वृद्धा मृत फेला परेकी छन्। झापाको बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया विष्टले मंगलबार राती करिव ११ बजे ‘चोर आयो…’ भन्दै छिमेकी गुहारिन। घरमा उनी एक्लै भएकाले होहल्ला हुनासाथ छिमेकीहरु जम्मा भए।

विष्णुमायाँले चोर आएको जानकारी गराएपछि छिमेकीहरुले लाईट बालेर सवैतिर खोजी गरे। तर, चोर फेला परेन। त्यसपछि उनीहरु आआफ्नो घर फर्किए। घर फर्किपछि पछि छिमेकीहरुले उनको हालचाल वुझ्दै गरे।

राती करिव १२ बजेपनि उनलाई छिमकीहरुले फोन गर्दा उनले ‘म ढोका लगाएर सुतिसकेँ’ भन्दै जवाफ दिईन। तर बुधबार विहान हेर्न जाँदा विष्णुमायाँको शव फेला पर्यो। छिमेकीहरु बिहान करिब ६ बजे वृद्धाको घरमा पुगेका थिए।

बिहान छिट्टै उठ्ने उनी नउठेपछि हेर्न जाँदा उनको शव फेला परेको र त्यसपछि प्रहरीलाई खवर गरेको उनीहरु वताउँछन्। प्रहरीले घट्नास्थलमा पुगेर मुचुल्का गरी शव पोष्टमर्टमका लागि धरानस्थित प्रादेशिक अस्पतालमा पठाएको छ।

धरानबाटै प्रहरीले तालिम प्राप्त कुकुर समेत झिकाएर अनुसन्धान अघि बढाएको छ। तर, उनको हत्या कस्ले र किन गर्यो भन्ने खुलेको छैन। उनको टाउकोमा चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी कृष्ण चन्दले जानकारी दिए।

वडाध्यक्ष राहुल शर्माका अनुसार विष्णुमाया उक्त घरमा वृद्धा एक्लै बस्दै आएकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट