क्यान्सरले ज्यान गुमाएको ७ वर्षपछि चिरञ्जिवी तिवारीका नाममा किन जारी भयो पक्राउ पूर्जी

काठमाण्डौं– बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पक्राउ पूर्जी जारी भएकाहरुमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित छन्।

करिब २७ वर्ष (२०४७ देखि २०७७ सम्म) बाल संगठनको अध्यक्ष रहेकी वैद्य नेपाली कांग्रेसका स्वर्गीय नेता गणेशमान सिंहकी छोरी हुन। नेपाल बाल संगठनको जग्गा अनियमित रुपमा लिजमा दिएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएका मध्ये केहीको मृत्यु भइसकेको खुलेको छ।

कांग्रेस नेता समेत रहेका वृहस्पति विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारीको १९ माघ ०७३ मा क्यान्सर रोगका कारण निधन भएको थियो। उनी नेपाल विद्यार्थी संघका संस्थापक सदस्य समेत थिए।

यसैगरी, बाल संगठनका तत्कालीन कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठ र तत्कालीन उपमहासचिव सुमन शाक्यको पनि निधन भइसकेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीका अनुसार तत्काल उपलब्ध कागजातहरुका आधारमा पक्राउ अनुमति लिइएको हो।

२०२१ सालमा नक्सालस्थित ‘सीता भवन’ अधिग्रहण गरेर सरकारले नेपाल बाल संगठन अर्थात बालमन्दिरका नाममा ११९ रोपनी १२ आना ३ पैसा जग्गा राखेको थियो। सो जग्गा हिनामिना भएको थियो। तर, जाहेरी नपरेकाले मुद्दा प्रक्रिया अघि बढेको थिएन।

बाल सङ्गठनकी अध्यक्ष विद्या न्यौपानेका अनुसार पूर्व पदाधिकारीहरूले मासिक ९ लाख रुपैयाँ भाडा तोकेर वि.सं २१३२ साल सम्मका लागि वृहस्पति विद्या सदनलाई उक्त जग्गा भाडामा दिएको वताईन। वैशाख १४ मा बसेको बाल सङ्गठन सञ्चालक समितिको बैठकले त्यो सम्झौता रद्द गरेको छ।

वृहस्पति विद्या सदनले बाल मन्दिरसँग सम्झौता गरेर सो जग्गा राई स्कुललाई ‘सवलिज’ मा दिएको छ। तत्कालीन अध्यक्ष रिता सिंहले पुरानो सम्झौता बाँकी हुँदै २०७२ मा अर्को सम्झौता गरेको पनि भेटिएको छ। पुरानो सम्झौता १७ वर्ष बाँकी हुँदै समय थपेर ४३ वर्षसम्मको लागि सम्झौता गरिएको छ।

११ भदौ ०५९ मा गरेको सम्झौता समयावधि २०८९ सालसम्म कायम थियो। तर, सम्झौता अवधि १७ वर्ष बाँकी छँदै पदाधिकारीहरूले पुरानो सम्झौता अवधि समाप्त भएपश्चात् मात्र लागू हुने गरी पुनः ३८ वर्ष म्याद थप गरिदिएका छन्।

जसमा रिता सिंह र वृहस्पति विद्या सदनका पदाधिकारी पुरुषोत्तमराज जोशीको मिलेमतोमा पूरक सम्झौता गरेको खुलेको छ। आरोपीहरुविरुद्ध बाल सङ्गठनको तर्फबाट ठगी मुद्दामा कारबाही गर्न प्रहरीमा जाहेरी परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट