महिलालाई वियर खुवाएर बसभित्र सामुहिक बलात्कार, प्रहरी घट्नास्थल पुग्दा महिला नाङ्गै

पोखरा– काठमाण्डौंबाट पोखरा पुगेकी एक महिलालाई बियर खुवाएर बलात्कार गरेको आरोपमा प्र्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
कास्कीको मादी गाउँपालिका–९ घर भई पोखरा–१० अमरसिंहचोक बस्ने ३६ वर्षीय चन्द्रबहादुर थापा, मादी गाउँपालिका–१२ भगवतीटार निवासी २९ वर्षीय विनोद परियार र ३८ वर्षीय कृष्ण रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरुले ती महिलालाई वियर खुवाएर पोखराको अमरसिंहचौरमा बलात्कार गरेको प्रहरीले जनाएको छ। ती महिलालाई सुरुमा अमरसिंहचौरमा रोकी राखेको ग १ ख ६५९५ नम्बरको बसमा लगेर ललाइफकाइ बियर खुवाईएको थियो।
त्यसपछि तीनै जनाले पालैपालो बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ। घट्नामा संलग्न तीनै जनालाई विहिवार बिहान ४ बजे बलात्कार गरिरहेकै अवस्थामा प्रहरीको सिआरभी टोलीले पक्राउ गरेको कास्की प्रहरीका डिएसपी वसन्तकुमार शर्माले बताए।
शंका लागेर बसमा खानतलासी गर्दा महिला नाङ्गै फेला परेकी थिईन। त्यसपछि सोधखोज गर्दा सामूहिक बलात्कारको घट्ना खुलेको डीएसपी शर्माको भनाई छ। तीनै जनालाई सिआरभी टोलीले तत्कालै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय रामबजारलाई बुझाएको थियो।