हत्यारासँग १० मिनेटसम्म भिडेका थिए सुरक्षागार्ड फुँयल, गार्ड रुमदेखि काउण्टरसम्म फाईट

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुरस्थित नेपाल बैंकका सुरक्षा गार्ड ५६ वर्षीय पर्शुराम फुयलको हत्या भएको आज छठौं दिन पुरा भएको छ। उनको गत २७ बैशाखको बिहान साढे ३ बजेतिर हत्या भएको थियो।

हत्या आरोपमा प्रहरीले सोही नगरपालिकाका ५ का ३२ वर्षीय चन्द्रबहादुर सुवेदीलाई चितवनको राप्ती नगरपालिका १, लोथरबाट पक्राउ गरेको थियो। लुटपाट गर्ने उदेश्यले गार्डको हत्या गरेको सुवेदीले बताएका छन्। उनी नाताले मृतकका ज्वाई पर्छन।

तर, हत्या अघि उनीहरुको बीचमा चिनजान थिएन। मृतक फुयलकी कान्छी छोरीसँग सुवेदीका काकाको छोराले बिहे गरेको स्थानीयले बताएका छन्। मृतक फुयल अवकाश प्राप्त सैनिक हुन् भने सुवेदी पनि सशस्त्र प्रहरीका पूर्वजवान हुन्। सशस्त्र प्रहरीमा ९ वर्ष काम गरेर उनले १६ महिना पहिले राजीनामा दिएका थिए।

०७० मा सेवा प्रवेश गरेका उनको पुस ०७९ मा राजिनामा स्विकृत भएको थियो। मृतक फुयल सेनाबाट अवकाशपछि वैदेशिक रोजगारीमा गएका थिए। वैदेशिक रोजगारीबाट फर्किएपछि उनी आफ्नै ठाउँमा खुलेको नेपाल बैंकको सुरक्षा गार्डमा भर्ती भए।

स्थानीयका अनुसार सुवेदीले जागिर छोडेपछि उनी ऋणमा डुवेका थिए। उनी स्वयमले पनि प्रहरीसँगको बयानमा आफूलाई २५ लाख रुपैयाँ ऋण लागेको र ऋण तिर्नका लागि बैंक लुट्ने योजना बनाएको बताएका छन्।

लुटपाटका लागि उनी पैसा निकाल्ने बहानामा श्रीमतीको एटीएम कार्ड लिएर ५ दिनपहिले बैंकमा पुगेका थिए। त्यसदिन उनले बैंकको एटीएमबाट केही पैसा निकाले अनि बैंकभित्र र वाहिरको अवस्थाका वारेमा जानकारी लिए।

त्यसपछि उनी २७ बैशाखाको राति साढे १२ बजे शौचालयको भेन्टिलेसनबाट बैंकभित्र प्रवेश गरेको सीसीटीभी फुटेजमा देखिएको थियो। सुरक्षा गार्ड फुयल कोठामा निदाइरहेका थिए। सुवेदी भने पैसा खोज्दै बैंकभित्रै घुमिरहे। उनले लकरको चावी फुटाउन सक्दो प्रयास गरे। तर, असफल भएपछि ३ बजेतिर चाबी खोज्दै सुरक्षा गार्डको रुपमा पुगेको प्रहरीले जनाएको छ।

चाबी लिन खोज्दा सुरक्षा गार्ड फुयलले थाहा पाए र चिच्याए। त्यसपछि दुवैका बीचमा भीडन्त भएको थियो। गार्डको कोठाबाट भिड्दै उनीहरु काउन्टरसम्म पुगेको सीसीटीभी फुटेजमा देखिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी महेन्द्र नेपाल वताउँछन्।

करिब १० मिनेटको लडाइँपछि भने सुवेदीले आफूसँग भएको खुकुरीले गार्डलाई प्रहार गरे। गार्डको हत्या गरिसकेपछि शवलाई उनी सुतिरहेको ठाउँमै लगेर राखिदिए अनि पैसा खोज्ने कामलाई निरन्तरता दिए। गार्डसँग भएको चावीले पनि लकर नखुलेपछि बिहान ४ बजेर २२ मिनेटमा सबै चाबी बन्द गरेर शौचालयको भेन्टिलेसनबाटै भागे।

विहान प्रहरीले बैंकको सीसीटीभी फुटेज चेक गर्यो। फुटेजकै आधारमा प्रहरीले उनको पहिचान गर्यो। घरमा खोज्न जाँदा उनी भागिसकेका थिए। त्यसको दुई दिनपछि उनी लोथरबाट पक्राउ परेका हुन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट