बैंकका गार्ड सुतेकै ठाउँमा मृत फेला, शव वरिपरी रगतको टाटा

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका–१, फत्तेपुर स्थित नेपाल वैंक लिमिटेडका सुरक्षा गार्ड मृत फेला परेका छन्।

सप्तकोशी– २ घर भई वैंकमा सुरक्षा गार्ड रहेका ५६ वर्षीय पर्शुराम फुयल मृत फेला परेका हुन। उनी विगत ८ वर्षदेखि बैंकमा गार्ड थिए।

सुतेकै ठाउँमा मृत अवस्था फेला परेका फुयालको मृत्युको कारण खुलेको छैन। वैंक स्रोतका अनुसार उनको वरिपरी रगटका टाटा देखिएका छन्।

प्रेसरको औषधी सेवन गर्दै गरेका उनको सोही कारणले मृत्यु भएको हो वा अन्य कुनै कारण छ भन्ने विषयमा प्रहरीले अनुशन्धान गरिरहेको छ।

सोही वैंकका अर्का गार्ड कर्ण थापाका अनुसार विहान ७ वजेसम्म पनि गार्डको कोठा नखुलेपछि वैंकका कर्मचारीलाई शंका लागेर ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए। थापा भने आमाको श्राद्ध गर्न वुधबार नै उदयपुरको गाईघाट गएका थिए।

मृतक फुयालका श्रीमती २ छोरा र २ छोरी छन्। उनी नेपाली सेनाबाट सेवा निवृत्त भएपछि गार्डको रुपमा काम गर्न थालेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट