रविको कदममा तोसिमाको असन्तुष्टिः जबसम्म नेतामा ‘कुर्स्याकर्षण’ हावी हुन्छ, तबसम्म प्रतिशोधको खेल चलिरहन्छ
काठमाडौं– कान्तिपुर मिडिया प्रालिका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि मिश्रीत प्रतिक्रियाहरु आईरहेका छन्। अमेरिकी दुतावाससम्मले सिरोहियाको पक्राउमा चासो देखाएका छ। अमेरिकी दुतावासले घुमाउरोमा पारामा यो कदमप्रति असन्तुष्टि जनाएको छ।
यता, गृहमन्त्री रवि लामिछानेकै दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता तोसिमा कार्की समेतले यो प्रकरणलाई सही नभएको रुपमा ब्याख्या गरेकी छिन्। उनले सिरोहीयाको पक्राउलाई प्रतिसोधका रुपमा अर्थ्याउँदै यस्तै राजनीतिका कारण देश नवनेको महसुस भएको जनाएकी छिन्।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी सांसद कार्कीले आफ्नै पार्टीका सभापति रवि लामिछानेको कुर्सी आकर्षणका कारण शोध–प्रतिशोधको खेल भइरहेको संकेत गरेकी छिन्। उनले भनेकी छिन्, ‘जबसम्म नेताहरुका चरित्रमा गुरुत्वाकर्षणझैँ ‘कुर्स्याकर्षण’ हावी भइरहन्छ, तबसम्म सरकार, मन्त्री, संसद, सांसद, कर्मचारी यस्तै शोध र प्रतिशोधको खेलमा अभ्यस्त भइरहन्छन्।’
उनले प्रधानमन्त्रीले गृहमन्त्रीलाई खेलाएको संकेत पनि गरेकी छिन्। देश नबनेको होइन रहेछ नियत बस नबनाइएको रहेछ भन्ने बल्ल हेक्का भएको उल्लेख गरेकी छिन् । ‘कोही खेल्ने, कोही खेलाउने, कोही रेफ्री। अनि कोही हामी जस्ता प्रत्यक्षदर्शी जसलाई मिहीन ढंगले हेक्का हुँदै छ देश त्यसै नबनेको होइन नबनाइएको रहेछ। नियतबस् !!’
तोषिमा सुरुवात देखिनै सभापति लामिछानेका कृयाकलापप्रति प्रश्न उठाउँदै आएकी नेतृ हुन। त्यसैका कारण उनले पार्टीमा अवसर पनि कम पाउँछिन्।