सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचारः दोषी ठहरिएका कर्मचारीले जेलभन्दा आत्महत्या रोजे

काठमाण्डौं– सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा भएको भ्रष्टाचार प्रकरणमा दोषी ठहरिएका एक जना कर्मचारी मृत फेला परेका छन्।

सुरक्षण मुद्रण केन्द्रले खरिद गरेको प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका सिनियर डिभिजनल इन्जिनियर नवीनकुमार पोखरेल बिहीबार झुण्डिएको अवस्थामा मृत भेटिएका हुन।

जिल्ला प्रहरी परिसर, भक्तपुरका अनुसार उनको सुसाइड नोटसमेत फेला परेको छ। उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निस्कर्ष छ। प्रहरी स्रोतका अनुसार, सुसाइड नोटमा आफ्नो मृत्युको जिम्मेवारी आफैं भएको भन्दै कसैको दोष नरहेको उल्लेख छ।

प्रहरी वृत्त, ठिमीका अनुसार, केएमसी मेडिकल कलेज दुवाकोटमा उनको शवको पोष्टमार्टम भइसकेको छ। परीक्षणको प्रतिवदेन आउन बाँकी छ। पोखरेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्नुअघि वन तथा वातावरण मन्त्रालयमा उपसचिव स्तरमा कार्यरत थिए।

विशेष अदालतले ११ जेठमा तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित पोखरेल, इञ्जिनियरिङ मार्केटिङ कन्सर्नका प्रबन्ध निर्देशक रोहितमान प्रधान र मेपटेक बिल्डिङ सर्भिसेसका निर्देशक भुवन महर्जनलाई दोषी ठहर गरेको थियो।

उनीहरुलाई दोषी ठहर गर्दै जेल र जरिवाना सजाय सुनाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट