ठुला मिडियाले किन लुगाए रिभ्यु र रेटिङ अप्सन, भीम उपाध्यायको के हो स्वार्थ ?

काठमाडौं– कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिक्ता किर्ते प्रकरणमा पक्राउ परेपछि उनले सञ्चालन गरेका विभिन्न मिडियाको फेसवुक पेज अनलाईक र अनफलो गर्ने क्रम वढेको छ। पेजको रिभ्यु र रेटिङमा फेसवुक प्रयोगकर्ताले लगातार प्रहार गरिरहेका छन्। कान्तिपुर दैनिकको रेटिङ घटेको घटै छ।

कान्तिपुरसँगै अन्य ठुला मिडियाको फेसवुक पेजमा पनि रेडिङमा असर देखिएपछि अधिकांशले त्यसलाई हाईड (लुकाएका) गरेका छन्। यो समस्यबाट यसअघि अनलाईन खवर पनि जुधेको थियो।

पछिल्लो पटक कान्तिपुर लगायतका मिडियाको रेडिङ घटाउनेमा पूर्वसचिव भीम उपाध्याय आक्रमक रुपमा लागेका छन्। कान्तिपुरको अवस्था देखाउने नाममा उनले मिनेट–मिनेटमा स्क्रिनसर्ट फेसवुकमा शेयर गरेर सामाजिक सञ्जाल प्रयोगकर्तालाई उक्साई रहेका छन्। उनको यो शैलीमा मिडियाप्रति सर्वसाधारणको घटाउनेतर्फ देखिएको जानकारहरु वताउँछन्।

सञ्जाल प्रयोगकर्ताहरु एकपछि अर्को मिडियाको पेजलाई ‘खरानी बनाउनु पर्छ’ भन्दै टिकाटिप्पणी गरिरहेका छन्। उपाध्यायले त कान्तिपुर र आफनो पेजको ‘रेटिङ’ तुलना गर्न समेत भ्याईसके। उनी लेख्छन्– ‘सामाजिक सञ्जाल, सवै मिडियाको बाप मिडिया।’

के हो रेटिङ
सामान्य भाषामा बुझ्दा फेसबुक रेटिङले फसेबुक पेजको स्ट्याडर्डलाई दर्शाउने गर्छ । रेटिङ भनेको रिभ्यु तथा प्रतिक्रिया हो। रेटिङले व्यवसाय वा सेवासम्बन्धी समग्र सन्तुष्टिको मापन गर्छ । यसलाई प्रयोगकर्ताहरूले दिने आफ्नो मूल्याङ्कनका रुपमा पनि बुझ्न सकिन्छ।

रेटिङमा समीक्षाहरूको औसतलाई निकाल्ने गरिन्छ। जसमा प्रयोगकर्ताहरुको राखेको राम्रो नराम्रो सबै समीक्षालाई औसतमा मापन गरेर ५ वटा ताराका रुपमा देखाएको हुन्छ । उक्त ताराहरुले व्यवसाय, ब्रान्ड तथा सेवासम्बन्धी समग्र सन्तुष्टिलाई देर्शाउँछ । रेटिङ १ देखि ५ तारासम्म हुन्छ ।

१ देखि ५ सम्म तारामा बढी भनेको राम्रो समीक्षा र सन्तुष्टि हो भने कम तारा संख्या भनेको नकारात्मक प्रतिक्रिया र असन्तुष्टि हो। कुनै पनि उत्पादन र सेवाको मूल्याङ्कन त्यसको गुणस्तर र आममानिसले दिएको प्रतिक्रियामा भरपर्ने गर्छ। आममानिसको रोजाइ र उपभोगलाई नै रेटिङका रुपमा राखिएको हुन्छ ।

फेसबुकको खोजी परिणाम अर्थात हामीले सर्च गर्दा सबैभन्दा माथि र पपुलर भनेर अगाडि देखिने कुरामा यसले असर गर्छ। उच्च रेटिङ भएका पेजहरूलाई फेसबुक आफैंले प्राथमिकता दिन्छ। रेटिङ घट्दा पेजको प्राथमिकतामा नपरेर भ्युअरसिप तथा अडियन्सहरु घट्दै जान्छन्।

फेसबुक पेजको रेटिङ कम हुँदा व्यवसाय वा ब्रान्डको इमेजमा नकारात्मक असर पर्छ। मानिसहरूले पेजलाई कम विश्वास गर्न थालेको भनेर बुझ्न सकिन्छ। यसले भविष्यमा नयाँ ग्राहक तथा अडियन्सलाई घटाउँछ । त्यस्तै ब्रान्डको छविमा नकारात्मक असर पर्छ।

रेटिङ घट्दा ग्राहकहरूको विश्वास पनि स्वतः घट्छ। उच्च रेटिङ भएका पेजहरूलाई आममानिस तथा प्रोफेसनल मानिसहरुले बढी विश्वसनीय ठान्छन् भने कम रेटिङ भएका पेजहरुलाई विश्वसनीय ठान्दैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट