रघुविर महासेठको रिसले सडक डिभिजनको गेटमा बालेन्द्रले खन्याए एक ट्रक धुलो (भीडीओसहित)

काठमाडौं– काठमाडौं महानगरपालिकाको गाडीले शनिवार मिनभवन स्थित सडक डिभिजन कार्यालय अगाडि एक ट्रक धुलो खन्याई दिएका छन्। धुलो खन्याउँदै गरेको भिडिओ समेत मेयर बालेन्द्र साहले सार्वजनिक गरेका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगञ्जसम्मको रिङरोड विस्तारका काम अघि नबढाएको विषयमा मेयर बालेन्द्र साहले असन्तुष्टि ब्यक्त गर्दै आएका थिए। मन्त्रालय र विभागको ढिलासुस्तीले काठमाडौँ महानगरले गाली खाइरहनुपरेको मेयर साहले उल्लेख गरेका छन्।

जबसम्म काम अघि बढ्दैन त्यतिबेलासम्म मन्त्री महासेठलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने घोषणा समेत उनले गरेका छन्। ‘तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला। विगत १५ बर्षदेखि काठमाडौका जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ।’ उनले लेखेका छन्, ‘काठमाडौँमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ। र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ।’

उक्त सडकको धुलो जनताले मात्रै खाँदा राम्रो नहुने भन्दै उनले मन्त्रीलाई पायक पर्ने ठाउँमा पठाएको बताएका छन्। ‘यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन। जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु। माया सम्झेर सुइकार्नु होला,’ उनले लेखेका छन्।

भीडीओसहित हेर्न यहाँ क्लिक गर्नु होला।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट