सलमानको फिल्म ‘सिकन्दर’मा कटप्पाको इन्ट्री, रश्मिका मन्दाना पहिलो पटक सलमानसँगै

काठमाण्डौं– बाहुवली फिल्मका कटप्पाको भुमिकाले चर्चित अभिनेता सत्यराज सलमान खानको आगामी फिल्म ‘सिकन्दर’ मा खलनायकको रुपमा देखिने भएका छन्। यो फिल्म ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरिसकेका निर्देशक एआर मुरुगादासले निर्देशन गर्नेछन्।
अभिनेता सत्यराज आफैंले हालैको एक अन्तर्वार्तामा ‘सिकन्दर’मा आफूलाई कास्ट गरिएको बताए। यस फिल्ममा आफू खलनायकको भूमिकामा देखिने पनि उनले बताएका थिए। फिल्ममा सलमान मुख्य भूमिकामा हुनेछन्। उनको अपोजिटमा रश्मिका मन्दानालाई काष्ट गरिएको छ। फिल्मलाई साजिद नाडियाडवालाले निर्माण गर्दैछन्।
यस महिनाको सुरुमा निर्माताहरूले फिल्मसँग सम्बन्धित नयाँ घोषणा गरेका थिए। फिल्ममा सलमानको अपोजिटमा रश्मिका मन्डन्नालाई कास्ट गरिएको निर्माण पक्षले बताएको थियो। यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन्।
फिल्म आगामी वर्षको इदमा रिलिज हुने बताइएको छ। निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’लगायत धेरै हिट फिल्म दिइसकेका छन्। ‘सिकंदर’ अघि मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’मा सँगै काम गरेका थिए।