पाकिस्तानमा बस दुर्घटना हुँदा महिला र बालबालिकासहित २८ जनाको मृत्यु

काठमाण्डौं– पाकिस्तानमा बुधबार बिहान भएको बस दुर्घटनामा २८ जनाको मृत्यु भएको छ। दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको वाशुक जिल्लामा भएको दुर्घटनामा २० जनाभन्दा बढी घाइते छन्।

५० जनाभन्दा बढी यात्रु बोकेको बस बिस्मिया क्षेत्रमा सडकदेखि केही फिट तल खोल्सामा खसेको थियो। दुर्घटनामा बसमा सवार महिला तथा बालबालिकासहित २८ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

घाईते भएका यात्रुलाई प्रहरी तथा उद्धार टोलीले नजिकैको अस्पतालमा भर्ना गराएको छ। घाइतेमध्ये धेरैको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझ बढ्न सक्ने आशङ्का चिकित्सकहरूले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट