पट्टा भाँचिएर एकाविहानै यात्रु बस नालीमा खस्यो, २२ जना घाईते, ९ जना गम्भिर

हेटौंडा— पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा शुक्रबार एकाबिहानै यात्रुबस दुर्घटना हुँदा २० जना घाईते भएका छन्।

काँकडभिट्टाबाट नेपालगन्ज जाँदै गरेको ना.५ ख ५५१५ न.को यात्रुवाहक बसको अगाडिको पट्टा भाँचिएर अनियन्त्रित भई नालीमा पुगेको थियो। दुर्घटनामा घाईते भएका मध्ये ११ जना यात्रुको स्थानीय मनहरी सामुदायिक अस्पतालमा र ९ जनाको चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भैरहेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले घाईतेको अवस्था खतरामुक्त रहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट