वैज्ञानिकले पत्ता लगाए मानव वस्ती बसाउन सक्ने नयाँ ग्रह ‘ग्लिशे १२–बी’

काठमाडौं– वैज्ञानिकहरूले मानव जिवनको सम्भावना रहेको नयाँ ग्रह पत्ता लगाएका छन्। पृथ्वीभन्दा सानो र शुक्र ग्रहभन्दा ठूलो ग्रहको नाम ग्लिशे १२–बी राखिएको छ।
नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रह (टीइएसएस) टेलिस्कोप प्रयोग गरेर वैज्ञानिकहरुले यो ग्रह पत्ता लगाउन जनाईएको छ। जहाँ जीवन सम्भव हुन सक्ने उनीहरूको विश्लेषण छ।
हालसम्म पत्ता लागेको बसोबासयोग्य एक्सोप्लानेट्स मध्ये यो पृथ्वीको सबैभन्दा नजिकको ग्रह हो। जसको बारेमा रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक नोटिस जर्नलमा विस्तृत रूपमा वर्णन गरिएको छ।
यस खोजमा संलग्न लारिसा पालेथोर्पले यो ग्रह पृथ्वीको धेरै नजिक रहेको ट्रान्जिटिङ ग्रह भएको बताएका छन्। ‘यसको तारा÷सूर्यको बसोबास योग्य क्षेत्रमा हुन सक्छ वा बस्न योग्य बन्नको लागि विकसित हुन सक्छ।’– उनले भनेका छन्।
यस ग्रहले करिब ४० प्रकाश वर्ष टाढा मीन राशीमा रहेको एउटा सानो ताराको परिक्रमा गरिरहेको वैज्ञानिकहरूले बताएका छन्। एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस छ। अध्ययनका अनुसार नयाँ एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ, जुन अहिलेसम्म फेला परेका ५,२०० भन्दा बढी एक्सोप्लानेट्सभन्दा कम हो। पृथ्वीको सतहको औसत तापक्रम हेर्दा १५ डिग्री सेल्सियस छ।
हाल उपलब्ध सबै भन्दा छिटो अन्तरिक्ष यान ग्लिशे १२–बी पुग्न लगभग २.२५ लाख वर्ष लाग्ने वैज्ञानिकहरूको दाबी छ।