प्रेममा धोका पाएपछि प्रेमिका माथि खुकुरी प्रहार, जोगिन खोज्दा किशोरीले गुमाईन हातका औला

दमक– झापाको भद्रपुर–८ स्थित एसएस निकेतन स्कुलको कक्षा ११ मा अध्ययनरत १७ वर्षीया किशोरी श्रेया राईमाथि शुक्रबार विहान सांघातिक आक्रमण भयो। सोही विद्यालयको कक्षा १२ मा अध्ययन गर्ने १८ वर्षीय अभिषेक कर्णले ज्यान मार्ने उदेश्यले राईलाई खुकुरीले हाने।
उनको अहिले भद्रपुरकै ओम साई पाथिभरा अस्पतालमा उपचार भईरहेको छ। डाक्टर मुस्कान श्रेष्ठ, अर्थोपेडिक डक्टर प्रविन तिम्सिना र न्युरो डक्टर सुमन फुयलको टोलीले उनको उपचार गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दका अनुसार आक्रमणमा किशोरीको टाउको तथा दुवै हातमा गहिरो चोट लागेको छ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार स्रेयाको निधारमा ठाडो गहिरो र गहिरो चोट छ भने टाउकोको पछाडिको भागमा पनि हतियार प्रहार भएको छ। यसैगरी, देब्रे हातका दुईवटा औँला छिनेका छन्। दाहिने हातको कुहिनोको छेउमा गहिरो चोट लाग्दा नशाहरु चुँडिएको चिकित्सकहरुले जानकारी दिए।
हालसम्मको अनुशन्धान अनुसार भद्रपुर–९, घोडामारास्थित शान्तिटोलकी स्रेया बसबाट ओर्लिएर हिड्दै घरतर्फ जाँदै थिईन। सोही क्रममा बिहानको करिव पौने ११ बजे भद्रपुर–६, भानुचोकका कर्णले बाटो छेकेर स्रेयामाथि आक्रमण गरेका हुन।
घोडामारा प्रहरी चौकीले कर्णलाई घटनास्थलबाटै पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापाको जिम्मा लगाएका छ। प्रहरीका अनुसार अभिषेक कक्षा १२ को वार्षिक परीक्षा दिएर बसेका हुन। उनले श्रेया आफ्नी प्रेमिका भएको र विवाद भएपछि आक्रमण गरेको स्विकारेका छन्।
अभिषेकविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरिएको डीएसपी चन्दले वताए।
यो पनि,