महिलाको चरित्र हत्या गरेको आरोपमा तारा बराल पक्राउ

काठमाडौं– पटक पटक विवाद र चर्चामा आउने गरेकी अभियन्ता तारा बराल पक्राउ परेकी छिन्। नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो।

सामाजिक सञ्जालको दुरुपयोग गरेको र महिलामाथि चरित्र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरो प्रमुख डीआईजीपी नविन्द अर्यालले जानकारी दिए।

उनलाई अदालतमा उपस्थित गराई अनुशन्धानका लागि ५ दिनको म्याद समेत लिईएको जनाईएको छ।

भरतपुर चितवन घर भएकी करिव ४२ वर्षीया बरालले काठमाडौंलाई आफ्नो कर्म थलो बनाउँदै आएकी छिन्। बरालका १ छोरा र १ छोरी छन्। परिवार भन्दा धेरै देशको चिन्ता रहेको उनी बताउछिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट