चावहिलमा एक ब्यक्तिले श्रीमती र ३ छोरीसहित आफैलाई आगो लगाए, २ छोरी आईसीयुमा

काठमाडौँ — काठमाडौंको चाबहिलस्थित सरस्वतीनगरका ५५ वर्षीय चञ्ञलबहादुर सिंहले श्रीमती र ३ छोरीलाई मट्टितेल खन्याएर आफु समेतलाई आगो लगाएका छन्।

चञ्ञलले सुरुमा श्रीमती र छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफुलाई पनि आगो लगाएका हुन् ।

आगोले उनकी श्रीमती बिन्दु तथा २४, १६ र ८ वर्षका छोरीहरु जलेर घाईते भएका छन्। घाईते पाँचै जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको काठमाडौं प्रहरी वृत्त, गौशालाका डीएसपी केशव थेबेले जानकारी दिए।

२४ र १६ वर्षका छोरीको शरीरको भाग धेरै जलेकाले आईसीयूमा राखी उपचार भईरहेको छ। अस्पतालका अनुसार १६ वर्षकी छोरीको शरीरको ८० र २४ वर्षीया छोरीको शरीरको ५५ प्रतिशत भाग जलेको छ।

अन्य तीन जनाको भने शरीरको ८ देखि १० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। चञ्चलले मंगलबार राती मादक पदार्थ सेवन गरेर दुर्घटना गराएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट