बसको ठक्करबाट अटो कच्याककुचुक, ५ जना घाईते, ३ को अवस्था गम्भिर

काठमाण्डौं– दाङको तुलसीपुरबाट सल्यान जाँदै गरेको रा.१ख २०३७ नम्बरको बसले तुलसीपुर ७, शान्तिपार्क चोकमा रा.१ह २२०७ नम्बरको अटोलाई ठक्कर दिएर कच्याककुचुक पारेको छ।

दिउँसो करिव पौने ४ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ५ यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीनजना सिकिस्त छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर प्रकाश थापाका अनुसार अटो चालक तुलसीपुर उपमहानगरपालिका– ५ का २९ वर्षीय अंकित गुप्ता पनि घाइते छन्।

अन्य घाइतेहरूमा सल्यानको कुमाख गाउँपालिका–५ कि २६ वर्षीय रिता बोहरा र उनका ६ वर्षीय छोरा केशब बोहरा, १८ वर्षीया कमला बुढाथोकी र १६ वर्षीय छबिलाल बुढाथोकी छन्। छबिलालको अवस्था गम्भीर रहेको थापाले बताए।

घाईतेहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट