घरको जग खन्दा १ दर्जनवढि वम फेला, सेनाले गर्यो डिस्पोज

काठमाण्डौं– कञ्चनपुरको बेलौरी नगरपालिकामा घरको जग खन्ने क्रममा बम फेला परेको छ।
बेलौरी–३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा सकेट बम फेला परेको हो। रानाको घरको जग खन्ने क्रममा १२ थान भन्दाबढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
द्वन्द्वकालका बेलामा माओवादीहरुले राखेको हुनसक्ने प्रहरीको अनुमान छ। नेपाली सेनाको डिस्पोजल टोलीले बम निष्क्रिय पारेको छ। सोही क्षेत्रमा केही दिन अगाडि मात्रै हुलाकी सडकमा बम विस्फोट भएको थियो।
प्रतिक्रिया