प्रदेश योजना आयोगका उपाध्यक्षलाई गाडीभित्रै जलाउन खोजेको खुलासा, ९ जनाको खोजी गर्दै प्रहरी

विराटनगर– रंगेलीबाट पक्राउ परेका ६ जना विद्यार्थी रिहाईका लागि महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले सुरु गरेको आन्दोलन हिंसात्मक हुँदै गएको छ। विद्यार्थीले आईतबार कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीलाई नै आगो लगाउने प्रयास गरेको खुलेको छ।

खाना खाएर कार्यालयतिर जाँदै गर्दा विद्यार्थीको समुहले आफुलाई गाडीभित्रै जलाउने प्रयास गरेको डा. अधिकारीले बताए। विराटनगर महानगरपालिका–१२ स्थित क्याम्पसको गेटअगाडि को १ झ ६४४ नम्बरको गाडी विद्यार्थीले आगो लगाउँदा उनी गाडी भित्रै थिए।

पट्रोल छर्केर आगो लगाउँन थालेपछि आफु एकतिर र चालक अर्कोतिरबाट निस्केर ज्यान बचाएको उनको भनाई छ। आगोले जलेर गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ। गाडीभित्र भएका मान्छेको कुनै वास्ता नै नगरी एक्कासी तोडफोड र आगजनी गरिएको उनले बताए।

विद्यार्थीहरुले विराटनगर–१२ पञ्चालीस्थित कञ्चनजंघा पार्टी प्यालेसनजिक सडकमा पार्किङ गरेर राखिएका विद्युत प्राधिकरणका ५ वटा गाडीमा तोडफोड गरेका थिए। पार्टी प्यालेसमा प्राधिकरणको गोष्ठी चलिरहेको थिए।

मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार ९ जनाको समूह गाडी तोडफोड गरेर फरार भएको छ। घटनापछि विद्यार्थीको समूह क्याम्पसभित्र प्रवेश गरेर प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरिरहेको उनले बताए।

डीएसपी बस्नेतले सरकारी गाडीमा आगजनी र तोडफोड गर्नेको खोजी भइरहेको बताए।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट