प्रहरी हिरासतमा रहेका विद्यार्थी छोड्न माग गर्दै आन्दोलनरत विद्यार्थीले विराटनगरमा सरकारी गाडी जलाए

विराटनगर– विराटनगरमा विद्यार्थीहरुको समुहले सरकारी गाडी जलाएका छन्। आइतबार बिहानै प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडी विद्यार्थीहरुले जलाएका हुन्।

उनीहरुले नेपाल विद्युत प्राधिकरणका पाँच वटा गाडी पनि तोडफोड गरेका छन्। मोरङको रंगेली नगरपालिकाका नगरप्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका ६ जना विद्यार्थीको रिहाई माग गर्दै आन्दोलनर विद्यार्थीहरुले आगजनी र तोडफोड गरेका हुन।

बिहीबार नेपाल विद्यार्थी संघको एउटा समूहले रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवम् रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि दुर्व्यवहार गर्दै नगरप्रहरीमाथि हातपात गरेको थियो।

सोही आरोपमा प्रहरीले ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ। प्रहरीले रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्रलाई पक्राउ गरेको थियो। दीपक नेविसंघबाट महेन्द्र मोरङ स्ववियु सदस्य निर्वाचित भएका थिए।

विद्यार्थी पक्राउको विरोधमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरका विद्यार्थीले शुक्रबार दिउँसो कोशी राजमार्ग केही समय अवरुद्ध गरेका थिए। आइतबार बिहान प्रदर्शन गरेका विद्यार्थीले महेन्द्र मोरङ कलेज अगाडि गुडिरहेको प्रदेश योजना आयोगको गाडीमा ढुंगामुढा गरे, ड्राइभर गाडीबाट निस्किएपछि आगजनी गरे। आजगनीबाट गाडी पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ।

विद्यार्थीको समूहले आगजनी गर्नुअघि नेपाल विद्युत प्राधिकरणको पाँच वटा गाडी तोडफोड गरेको प्रहरीको भनाई छ। प्राधिकरणको बा१ञ १८८७, को१ञ २४१९, प्रदेश १–००१ ञ २७०१, प्रदेश १–००१ ञ २७९०, ८१८० नम्बरको गाडी तोडफोड गरिएको छ।

रंगेलीमा निजी विद्यालयले मनोमानी शुल्क लिएको र शिक्षक छनोटमा मनपरी गरको भन्दै जेठ १३ गते नेविसंघले ज्ञापन पत्र बुझाएको थियो। तर, नगरपालिकाले चासो नदिएपछि विद्यार्थीको समूह बिहीबार हातपातमा उत्रिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट