वर्ल्डलिंकको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाण्डौं– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको गाडी दुर्घटना हुँदा गए राती ३ जनाको मृत्यु भएको छ।
रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१, गिल्वाङ नजिकै कर्णाली प्रदेश ०२–००१ च ०४१३ नम्वरको सानो गाडी दुर्घटनामा परेको हो।
दुर्घटनामा वर्दियाको ठाकुरबाबा नगरपालिका–५ का २७ वर्षीय सौगात बिक, सुर्खेतको बराहताल गाउँपालिका–५ का १९ वर्षीय जित बहादुर कार्की र सुर्खेतकै गुर्भाकोट नगरपालिका–८ मेहेलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलका अनुसार सो दुर्घटनामा बाँफिकोट गाउँपालिका–४, का १७ वर्षीय सुजन बिक, वर्दियाको ठाकुरबाबा नगरपालिका– ५ का २६ वर्षीय दिलिप थापा र सोही वडाका २७ वर्षीय टिकाराम खनाल घाइते भएका छन्।
घाइते तीनै जनालाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ। गाडी सडकबाट करिब तीनसय मिटर तल खसेको बताईएको छ।