मोदीको सपथकै दिन कास्मिरमा तीर्थयात्री चढेको बसमा आतंकबादी हमला हुँदा ९ जनाको मृत्यु

काठमाण्डौं– भारतमा नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिएकै दिन जम्मु काश्मिरमा यात्रु बसमा ‘आतङ्कवादी आक्रमण’ हुँदा ९ जनाको मृत्यु भएको छ।
जम्मु काश्मिरको रियासी शिवखोरी जान तीर्थयात्री लिएर हिडेको बसमा आइतवार अन्धाधुन्ध गोली प्रहार भएको थियो।
सो घट्नामा ३३ जना घाइते भएका छन्। आतङ्ककारीले गोली चलाएपछि बस चालकले नियन्त्रण गुमाएको र बस खाल्डोमा खसेको प्रहरीले जनाएको छ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रियासी मोहिता शर्माले दुर्भाग्यपूर्ण घटना रहेको भन्दै घाइतेहरूको उद्धार गरी तत्कालै नरैनापुर र रियासी जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको बताइन्।
घटनामा संलग्नको पहिचान हुन नसकेको पनि उनले बताइन्।
प्रतिक्रिया