ल्याङडाँडामा खुर्पाले हानेर ६८ वर्षीया वृद्धा आमाको हत्या, छोरा पक्राउ

भोजपुरको अरूण गाउँपालिका–४ ल्याङडाँडा चरम्बीमा ६८ वर्षीया महिलाको हत्या भएको छ। वृद्धाको हत्या आरोपमा उनकै छोरा ३४ वर्षीय मिलन तामाङ पक्राउ परेका छन्।

६८ वर्षीया आमा निरकुमारी तामाङलाई हत्या गरेको आरोपमा मिलन आईतबार साँझ पक्राउ परेका हुन। मिलनले खुर्पाले हानेर आमाको हत्या गरेको प्रहरीले जनाएको छ।

खुर्पा प्रहार गरी निरकुमारीको हत्या गरेको भन्ने जानकारी पाएपछि अस्थायी प्रहरी पोष्ट चरम्बीबाट खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको हो। उनले किन आमाको हत्या गरे भन्ने खुलेको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट