६५ वर्षको उमेरमा कुटेरै श्रीमतीको हत्या, पक्राउ परे प्रतापसिंह

काठमाण्डौं– बैतडीमा ६५ वर्षको उमेरमा एक ब्यक्तिले कुटेरै श्रीमतीको हत्या गरेका छन्।
पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रतापसिंह ऐरीले ६० वर्षीया पन्ती सुना ऐरीको हत्या गरेका हुन। प्रहरीले प्रतापलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर खेमबिक्रम केसीका अनुसार घरायसी विवाद हुँदा प्रतापले सुना र २२ वर्षीया वुहारी भावनालाई निर्धात कुटपिट गरेका थिए।
गम्भीर घाइते भएकी सुनाको बुधबार डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भावना पनि घाइते छिन्।
प्रतिक्रिया