खुर्कोट र रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर एक व्यक्ती वेपत्ता

काठमाडौं– सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ खुर्कोट बजारबाट रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर एक व्यक्ती बेपत्ता भएका छन्।
काठमाडौंको बौद्धका ५६ वर्षीय विष्णुप्रसाद संग्रौलाले शुक्रबार राति १० बजे पुलबाट हाम फालेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ।
प्रहरीले उनको खोजी गरिरहेको छ भने घट्नाका बारेमा आफन्तलाई जानकारी समेत दिएको छ।
प्रतिक्रिया