पहिरोले राती ३ वजेदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग दुईतर्फी नै सञ्चालन

काठमाण्डौं– पहिरोका कारण राती ३ वजेदेखि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।

मुग्लिन मलेखु सडक खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखेलाकोबीचमा पहिरो गएर बिहानदेखि पृथ्वी राजमार्गमा यातायात अवरुद्ध भएको थियो।

पहिरो पन्साएपछि अहिले राजमार्ग दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएईएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन्। सडक सञ्चालन भएपश्चात सवारी साधन गन्तव्यमा लागेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट