कर्मचारीलाई गोली हानेर रकम लुटपाट गरी भागेका भारतीय नागरिक हतियारसहित पक्राउ

जनकपुर— डेढ साताअघि कर्मचारीलाई हतियार देखाई सहकारीको १७ लाख लुटेर भागेका मध्ये १ जना भारतीय नागरिकलाई रौतहट प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

भारतको बिहार राज्य मोतिहारी जिल्लाका २० वर्षीय मोनुकुमार जैसवाललाई प्रहरीले पक्राउ गरेको हो। गत २२ जेठमा सहकारीको १७ लाख रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक मौलापुरमा जम्मा गर्न हिडेका कर्मचारीलाई हतियार देखाई उनले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा रहेका सहकारीका कर्मचारी रौतहटको बौधिमाई नगरपालिका–८ का अरबिन्दकुमार दासलाई अपरिचित ३ जना व्यक्तिले गोली हानी रकम लुटपाट गरेका थिए। उक्त घटनाको डेढ सातापछि जैसवाललाई हतियारसहित शनिबार साँझ पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीका अनुसार जैसवाल घाडासहनमा सक्रिय बाबा ग्याङ नामको आपराधिक समूहमा आबद्ध रहेको खुलेको छ। त्यो समुह नेपाल–भारत सीमा क्षेत्रमा लुटपाट तथा अवैध भन्सार चोरी निकासीमा मा संलग्न छ।

कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परेका जैसवाल ३÷४ महिनाअघि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानलाई आक्रमण गरेको घटनामा जेल बसेर छुटेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट