सर्लाहीमा महिलाको हत्या, श्रीमान र सौता पक्राउ

जनकपुर — सर्लाहीमा एक ३५ वर्षीया महिलाको हत्या भएको छ। बरहथवा नगरपालिका–१२, लौकठ बस्ने ३५ वर्षीया लिलावती देवी महतोको हत्या गरी खेतमा फालिएको अवस्थामा शव फेला परेको हो।

घरबाट करिब डेढ किलोमिटर टाढा महिलाको शव फेला परेको हो। इलाका प्रहरी कार्यालय बरहथवाले कमल रायको खेतमा शव फेला परेको जनाएको छ।

महिलाको अनुहार र घाँटीमा निलडाम देखिएको छ। उनको हत्या गरेको आशंकामा प्रहरीले श्रीमान् ३८ वर्षीय शंकर महतो र कान्छी श्रीमती सजनीदेवी महतोलाई पक्राउ गरेको छ।

नियन्त्रणमा लिएको छ । उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट