वुहारीसँगको लसपसले ट्रक चालकको हत्या, घरमा ससुराको शव लुकाएर पढाउन गएकी थिईन भागिरथी

काठमाण्डौं– बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक ४६ वर्षीय वीरभानसिंह विष्टको हत्या आरोपमा पक्राउ परेकी शिक्षिका भागरथी विष्टले मध्येराती घरभित्र पसेर गाली गरेपछि चिर्पटले हानेको बयान दिएकी छिन्।
शनिवार दिउँसोदेखि बेपत्ता भएका वीरभानको शव सोमबार दिउँसो पाटन नगरपालिका–६ को पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घाङल खोलामा फेला परेको थियो। शव फेला पर्नु अघि नै मृतकका परिवारले दिएको उजुरीका आधारमा प्रहरीले भागिरथीलाई पक्राउ गरेको थियो। उनकै वयानका आधारमा वीरभानको शव फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बैतडीका डीएसपी दीपक गिरीका अनुसार विरभानको हत्या शनिवार राती नै भएको हो। चिपर्टले हानेर विरभानको हत्या गरेपछि भागिरथीले प्लास्टिकको बोरामा शव बेरेर घरमै लुकाइएकी थिईन। सहश्रलिङ प्राथमिक विद्यालयमा राहत शिक्षक रहेकी उनी शव घरमै लुकाएर आईतबार पढाउन पनि गएको खुलेको छ। उनी विद्यालयबाट घर फर्किएपछि आइतबार राति शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
भागिरथीले नै नाम पोलेपछि हत्या आरोपमा पाटन नगरपालिका–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १८ वर्षीय किशोर भट्टराई पक्राउ परेका छन्। पाटन नगरपालिका–१ का आशिष पहरी भने हाल फरार छन्। राजेन्द्र र किशोर डडेल्धुराको साहुखर्कबाट पक्राउ परेका हुन। फरार रहेका आशिष अटो चालक हुन। मोटरसाइकलमा राखेर शव भीरबाट मिल्काएको र हत्यामा प्रयोग भएको चिर्पटमा लागेको रगत पखालेको पक्राउ परेका ३ जनाले बताएका छन्।
प्रहरीका अनुसार वीरभान र भागरथीको घर नजिकै छ। उनिहरु नाताले ससुरा–वुहारी (विरभान भागिरथीका कान्छा ससुरा) हुन। भागरथीका पतिको १० वर्षअघि नै मृत्यु भएको थियो। उनका २ भाई छोरा छन् भने विरभान पनि विवाहित र पेशाले ट्रक चालक हुन्।
एकल भएपछि शिक्षण पेशामा लागेकी भागिरथी त्यसपछि नै वीरभानसँग पनि नजिकिएको र अनैतिक सम्वन्धमा रहेको खुलेको छ। भागिरथीका अनुसार वीरभान मादक पदार्थ सेवन गरी शनिवार मध्येराती उनको घरमा पुगेका थिए।
त्यहाँ त्यसअघि नै राजेन्द्र, किशोर र आशिष वसेका थिए। उनीहरुलाई देखेपछि आक्रोशित भएका वीरभान र भागिरथीको बीचमा विवाद भयो। विवादकै बीचमा गालीगलौज गर्न थालेपछि भागरथीले नै वीरभानको टाउकोमा चिरपटले हानेको खुलेको छ। त्यसपछि राजेन्द्र, किशोर र आशिषले पनि विरभानलाई कुटपिट गरे। सोही क्रममा विरभानको मृत्यु भयो। उनको मृत्यु भएपछि तीन जना राति नै भागेका थिए। भागरथीले प्लाष्टिकमा पोको पारेर शव लुकाईन।
भागिरथी विद्यालयबाट फर्किएपछि शव ब्यवस्थापनको योजना बनेको थियो। आइतबार राती चारै जना भेला भएर वीरभानको शव पाटनको खेत हुँदै ओरालो घिसारेर पाटन–पञ्चेश्वर सडकसम्म पु¥याए। सडकमा पहिलैदेखि से ७ प ४४०९ नम्वरको मोटरसाइकल तयारी अवस्थामा थियो। त्यसपछि शव मोटरसाईकलमा राखेर करिव ५ किलोमिटर टाढा पञ्चेश्वतर्फ लगेर घाङल भीरबाट फालिएको थियो।
यो पनि,