दुबईमा रहेकी धोकेवाज प्रेमिकालाई भीडीओ कल गरेर गोलेले आफैलाई गोलीले उडाए

काठमाडौं– नयाँ बानेश्वरस्थित संसद भवनभित्र प्रहरी जवानले आफैलाई गोली हानी आत्महत्या गरेको प्रकरण प्रेममा धोका पाएपछिको परिणाम भएको खुलेको छ।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए।
प्रेमिकासँगको सम्बन्धमा दरार आएपछि उनले शौचालयमा पसेर आफैले बोकेको इन्सास राईफलबाट गोली हानेर आत्महत्या गरेको खुलेको छ। गोलेले ५ महिनादेखि दुवईमा रहेकी प्रेमिकालाई भीडीओ कल गरी उनको आँखै अगाडि गोली चलाएको प्रहरीको प्रारम्भिक अनुशन्धानबाट खुलेको छ।
निधारमा गोली लागेका गोलेले खुट्टाको औलाले ट्रिगर दबाएको अनुमान छ। घटनास्थल शौचालयको भित्तामा ठड्याएको अवस्थामा गोलेको मोबाइल समेत बरामद भएको छ। प्रहरी स्रोतका अनुसार गोलेले करिब ५ महिनाअघि प्रेमिकासँग इन्गेजमन्ट गरेका थिए। इन्गेजमेन्टपछि आफनै खर्चमा प्रेमिकालाई दुबई पठाएको खुलेको छ।
दुबई पुगेपछि भने प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको अनुशन्धानमा देखिएको छ। यही विषयमा उनीहरुबीच विवाद हुने गरेको र गोलेले पटक–पटक ‘मर्छु’ भन्ने गरेको पाईएको छ। उनीहरुबीचको विवाद मोबाइलमा भेटिएको म्यासेजबाट पुष्टि हुने एक अनुसन्धान अधिकृतले बताए।
बुधबार बिहान आत्महत्या गर्नुअघि पनि उनले ‘मर्छु’ भन्दै म्यासेज गरेको र त्यसपछि भिडिओ कल गरेको देखिएको उनले बताए। ‘भिडिओ कल र घटना एकै समयमा भएको पाइएको छ’– ती प्रहरी अधिकारीले भने।
उनका अनुसार भुईँमा बन्दुक राखेर निधारतर्फ तेर्साएर खुट्टाले ट्रिगर दाबेको जस्तो देखिएको छ। उनले बोकेको इन्सास राईफलमा पनि १ राउण्ड गोली कम छ।
०७८ सालमा प्रहरी जवानमा भर्ना भएका गोलेको प्रहरीको केन्द्रीय विशेष कार्यदल कपनमा दरबन्दी रहेपनि गत २८ जेठदेखि संसद भवनमा खटिएका थिए। आज उनको विहान ६ बजेदेखि १० बजेसम्मको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिने ड्युटी पालो थियो।
यो पनि,