रक्सीले मातेपछि खानाको विषयमा झगडा, चिर्पटले हानेर फूपुका छोराको हत्या

लहान– सिरहाको गोलबजार नगरपालिका–१० धर्मपुरका मामाका छोराले चिर्पटले हिर्काउँदा ४० वर्षीय एक ब्यक्तिको मृत्यु भएको हो।
गएराति करिब १० बजे खाना खाने समयमा खानाकै विषयमा विवाद हुँदा २८ वर्षीय फेकु (सञ्जय सदा) ले आफ्नै फूपुको छोरा ४० वर्षीय गेनी सदायमाथि चिरपट प्रहार गर्दा उनको मृत्यु भएको हो।
फेकुको चिर्पट प्रहारबाट गम्भीर घाइते गेनीलाई उपचारका लागि गोलवजारस्थित अस्पताल भर्ना गरिएको थियो। सोही क्रममा आज बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलवजारले जनाएको छ।
इन्सपेक्टर सुनिल कार्कीले मदिराको नसाका कारण सामान्य विषयले ठुलो रुप लिएको बताए। ढिलो गरी घट्नाको जानकारी पाएको प्रहरी पुग्दा गेनी अचेत अवस्थामा थिए। विहान करिव ५ वजे प्रहरीले नै उनलाई अस्पताल पुर्याएको थियो।
उनको मृत्यु भएपछि घटनामा संलग्न फेकुलाई प्रहरीले पक्राउ गरेको छ।