डेल्टा कम्प्लेक्सको आगो निभाउन १५ वटा दमकललाई ५ घण्टा लाग्यो, करोडौंको क्षती

काठमाण्डौं– बुटवलको मिलनचोकमा रहेको डेल्टा कम्प्लेक्समा बिहीबार साँझ लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ। करिब साढे ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रण गर्न १५ वटा दमकल खटिएका थिए।

आगलागी नियन्त्रणका लागि रुपन्देही, कपिलवस्तु र नवलपरासीका दमकल प्रयोग गरिएको थियो। बुटवल उपमहानगरका २, आयल निगमका २, गौतमबुद्ध विमानस्थलको १, रामग्राम, सुनवल, सैनामैना, वाणगंगा, लुसा गाउँपालिकाको संयुक्त गरी १५ दमकलले आगो निभाउन प्रयोग भएका थिए।

आगलागीमा करोडौंको सामान जलेको छ। तर, क्षतीको पूर्ण विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ। कम्प्लेसको चौथो तल्लाबाट लागेको आगो पछि सबै तलामा फैलिएको थियो। चौथो तलामा खेलकुदका सामग्री थिए।

डेल्टा भवनमा विद्यालयका तयारी पोसाक, खेलकुदका सामग्री र विभिन्न विद्यालयका पाठ्यपुस्तक बिक्री हुँदै आइरहेको छ। घना बस्तीको बीचमा र त्यसको नजिकै रहेको पेट्रोल पम्पले धेरै स्थानीयलाई त्रसित बनाएको थियो।

आगलागी विद्युत् सर्ट भएर भएको प्रहरीको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट