घर वनाउने ठेकेदारले लभडाँडा पुर्‍याएर बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी

काठमाडौं– काठमाण्डौंमा घर बनाउने जिम्मा लिएको ठेकेदारले बलात्कार गरेको भन्दै एक महिलाले प्रहरीमा उजुरी दिएकी छिन्। प्रहरीले उनको उजुरी दर्ता गरी अदालतमा अभियोग पत्र पनि दायर गरेको छ।

०६३ सालमा विवाह गरेकी सविनाका (नाम परिवर्तन) २ छोरा र एक छोरी छन्। पेशाले उनका श्रीमान निर्माण ब्यवसायी हुन। तर, उनी प्राय उपत्यका वाहिर रहने भएकाले आफनो घर बनाउने जिम्मा भने अरुलाई नै दिएका थिए।

श्रीमानले घर बनाउने जिम्मा दिएका तिनै ठेकेदारले आफुलाई बलात्कार गरेको भन्दै महिला उजुरी बोकेर प्रहरी कार्यालयमा पुगेकी हुन। उनका अनुसार गत पुस महिनादेखि घर बनाउन थालेका ठेकेदारले २४ फागुनको राती करिव साढे ८ बजे गोठाटारस्थित लभडाँडामा लगेर बलात्कार गरेका हुन।

ठेकेदारले शौचालयका लागि आवश्यक पर्ने टायल किन्न सविनालाई अह्राएका थिए। सविना सामान किन्न जानका लागि स्कुटर निकाल्न थालिन। त्यसपछि ठेकेदारले ‘म पनि जान्छु’ भनेपछि स्कुटरको पछाडि राखेर उनलाई पनि लगेको महिलाको भनाई छ।

सामान किनेर फर्कने क्रममा राती करिव साढे ८ बजे ‘हावा खान जाऊँ’ भन्दै लभ डाँडा पुर्याएर बलात्कार गरेको उनले वताएकी छिन्। त्यसपछि आफुमाथि लगातार बलात्कार भएको उनको आरोप छ। छोराछोरी घरमा नभएका बेला ‘मैले भने अनुसार नगरे लभडाँडाको सम्बन्धबारे परिवारलाई भन्दिन्छु’ भन्दै पटक पटक बलात्कार गरेको उनले जाहेरीमा उल्लेख गरेकी छिन्।

ठेकेदारले पनि यौन सम्बन्ध बारे स्विकारेका छन्। तर, बलात्कार नभई सहमतिमै गरेको उनको भनाई छ। उनले प्रहरीमा दिएको बयान अनुसार घरको तला थप्न थालेपछि साँझको खाना उनी सविनाकै घरमा खान्थे। सामान ल्याउनु पर्दा सविनाकै स्कुटर प्रयाग गर्थे। २४ फागुनको दिन आफु सामान किन्न स्कुटर लिएर हिड्न लागेपछि सविनाले ‘म पनि जान्छु’ भनेको र सँगै गएको उनले वताएका छन्।

सामान किनेर फर्किदा पवित्राकै प्रश्तावमा लभडाँडा गएको र उनकै आग्रहमा यौन सम्पर्क भएको ठेकेदारको भनाई छ। त्यसयता उनका छोराछोरी स्कुल गएपछि घरमै पनि यौन सम्बन्ध राखेको उनले बयानमा खुलाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट