सुनसरीमा बूढीखोलाले बगाउँदा ३५ वर्षीया महिलाको मृत्यु, ३ जना बेपत्ता

इटहरी– सुनसरी र मोरङको सिमाना भएर बग्ने बूढीखोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी टेकबहादुर कार्कीका अनुसार मंगलबार बिहानदेखि बढ्दै गएको बूढीखोलाको बाढीमा परी मोरङ सुन्दरहरैँचा वडा नं. ५ की ३५ वर्षीया प्रेमकुमारी चौधरीको मृत्यु भएको हो।

खोलाले बगाउँदा मृतक चौधरीका आफन्त ३५ वर्षीया फुलापकुमारी चौधरी, ६० वर्षीया असरा चौधरी र एक पुरुष बेपत्ता भएका छन्। पुरुषको नाम खुल्न सकेको छैन। बेपत्ता भएका तीनै जनाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उत्तरी मोरङको फुक्सिङमा माछा मार्ने क्रममा एक्कासी बाढी आएपछि उनीहरुलाई बगाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट