घरको छतमा खस्यो ट्याक्टर, २ बालिका घाइते
काठमाण्डौं– बैतडीको मेलौली नगरपालिका–३ तल्खेतमा मा घरको छतमा ट्याक्टर खस्दा दुई बालिका घाइते भएका छन्।
सु प प्र ०१ ००२ त ४३७० नम्बरको ट्याक्टर छतमा खस्दा स्थानीय ७ वर्षीया निकिता चन्द र ७ वर्षीया पूर्णिमा चन्द घाईते भएका हुन। घाइते दुवैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इन्स्पेक्टर बलराम पाण्डेयले जानकारी दिए।
ढुङ्गा बोकेको ट्याक्टर एक्कासी सडकबाट एक सय मिटर तल रहेको एउटा घरको छतमा खसेको थियो। ट्यायाक्टर खस्दा घरमा समेत क्षति पुगेको छ। ट्यायाक्टर चालक धनीराम डगौरा पक्राउ परेका छन्।
प्रतिक्रिया
लोकप्रिय
अन्तरिम सरकारमा कल्याण श्रेष्ठलाई प्रधानमन्त्री बनाउने प्रयास असफल, राजु पाण्डेलाई गृहमन्त्री बनाउन चाहन्थे बालेन
जेन–जी आन्दोलनमा वितण्डा मच्चाउने समूहका ‘कमाण्डर’ पूर्व सैनिक पक्राउ, सुरक्षा निकायको अनुशासनमा प्रश्न
ताजा अपडेट
जेन–जी सरकारले खोस्यो पूर्वप्रधानमन्त्री माधव नेपालको सुरक्षा र सुविधाः भ्रष्टाचार मुद्दा पछि सुरक्षाकर्मी फिर्ता
