घरमा काम गर्न राखेकी १२ वर्षीया बालिकालाई बलात्कार गर्ने इन्सपेक्टर थुनामा
काठमाडौं– घरमा काम गर्न राखेकी १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एक जना इन्स्पेक्टर थुनामा परेका छन्। काठमाण्डौं जिल्ला अदालतले आरोपित उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको हो।
बालिकाको बयानका आधारमा २३ जेठमा पक्राउ परेका शिवाकोटीलाई न्यायाधीश शिशिरराज ढकालको बुधबारको इजलासले थुनामा राख्ने आदेश दिएको हो।
बालिकालाई काठमाडौं महानगरपालिकाको बाल उद्दार समितिले उद्दार गरेपछि उनीमाथि बलात्कार भएको सार्वजनिक भएको थियो। नाताभन्दा बाहेकका व्यक्तिसँग बसेका बालबालिकाको तथ्यांक संकलन गर्ने क्रममा ती बालिकालाई इन्सपेक्टर शिवाकोटीले घरेलु श्रमिकका रुपमा राखेको खुलेको थियो।
६ वर्षदेखि शिवाकोटीको घरमा बस्दै आएकी तराई मूलकी ती बालिकाले त्यसैवेला महानगरका कर्मचारीहरुसँग सम्पर्क नम्बर लिएकी थिइन्। पछि उनले नै सम्पर्क गरेपछि महानगरपलिकाका कर्मचारीसहितको टोलीले उनलाई उद्वार गरेको थियो।
घरायसी काममा सहयोग गर्दै कक्षा ८ मा पढ्दै आएकी उनकै बयानका आधारमा स्वयम्भु प्रहरीले शिवाकोटीलाई पक्राउ गरेको थियो। ४५ वर्षीय शिवाकोटीले आफूलाई ३ वर्षदेखि पटकपटक बलात्कार गरेको बालिकाले बयानमा खुलाएकी छिन्।
लोकप्रिय
ताजा अपडेट
टिकटकको विष मधेसमा विस्फोटः धनुषामा मस्जिद तोडफोडपछि वीरगञ्जमा उग्र प्रदर्शन, प्रहरी–प्रदर्शनकारी झडप

