उपसचिवको घरमा २८ लाखको चोरी, एमालेका पूर्वजिल्ला कमिटी सदस्यसहित ५ जना पक्राउ

काठमाण्डौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिवको ललितपुरस्थित भैँसेपाटीमा रहेको घरबाट सुनका गहना तथा नगद गरी २८ लाख रुपैयाँको चोरी प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वजिल्ला सदस्य पक्राउ परेका छन्।
२ जेठमा घरमा चोरी भएपछि ती उपसचिवले प्रहरीमा उजुरी गरेका थिए। ललितपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घट्नाको अनुशन्धान गरिरहेको थियो। सोही क्रममा रामेछापको उमाकुण्ड गाउँपालिका–४ घर भई स्वयम्भू बस्ने सुजनकुमार सुनुवारसहित ५ जनालाई प्रहरीले पक्राउ गर्यो।
पक्राउ पर्नेमा चोरी गर्नेदेखि चोरीको सामान किन्ने र ब्यवस्थापन गर्नेसम्म थिए। प्रहरीका अनुसार सुनुवारसहित नुवाकोटका ४० वर्षीय कुमार राना मगर, दोलखा शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय वीरबहादुर श्रेष्ठ र सुनील श्रेष्ठ तथा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे थिए। उनीहरुलाई प्रहरीले चोरी मुद्दासहित जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको थियो। अदालतको आदेशले उनीहरु पुर्पक्षका कारागारमा छन्।
सुन खरिद गर्ने भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे भने ५० हजार धरौटीमा रिहा भए। त्यो बेला चोरीमा संलग्न रामेछापको दोरम्बा गाउँपालिका–१ का वर्षीय आङछिरिङ लामा भने फरार थिए।
उनले चोरी भएको सुनको व्यवस्थापन गरेका हुन्। प्रहरीले उनलाई पक्राउ गर्न नसकेपछि फरार प्रतिवादी बनाएर मुद्दा अगाडि वढाएको थियो। उनी शुक्रबार आफैँ अदालतमा हाजिर भए। अदालतले उनलाई पनि पुर्पक्षका लागि थुनामा पठाएको छ।
लामा नेकपा एमालेका जिल्ला नेतासमेत रहेको खुलेको छ। नेकपा एमाले रामेछापले भने लामालाई कारबाही गरेर पार्टीबाट निकालिएको जनाएको छ। लामा पूर्वजिल्ला कमिटी सदस्य भएपनि अहिले उनी कुनै जिम्मेवारीमा नरहेको जनाईएको छ।
दोलखाका वीरबहादुर श्रेष्ठ निकट सम्बन्ध देखिएका लामाले चोरीको सुन श्रेष्ठमार्फत नै व्यवस्थापन गरेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए। वीरबहादुरलाई १२ पटक चोरी, तीन पटक डाँका चोरी तथा लागुऔषध मुद्दामा र अभद्र मुद्दामा २० भन्दा बढी पटक प्रहरीले पक्राउ गरेर मुद्दा चलाई सकेको छ।