पोखरामा पहिरोले घर पुरिँदा २२ वर्षीय युवकको मृत्यु

काठमाण्डौं– कास्कीको पोखरा महानगरपालिका–२७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ।
आज विहान कमला थापाको घर पहिरोले पुरिँदा उनका छोरा २२ वर्षीय भीमबहादुरको मृत्यु भएको हो। घटनास्थलबाट ५० वर्षीया कमलालाई भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएक्ँै ५श्र
बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए। इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो। घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ।
गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको छ। कास्कीकै चोमरोङ केन्द्रमा ७६ र सिक्लेसमा ५३.८ मिलिमिटर वर्षा मापन भएको छ।
प्रतिक्रिया