दोहोरो नागरिकता प्रकरणमा पनि तानिए बेचन झा, कस्ले दियो उनलाई नेपाली नागरिक्ता

काठमाण्डौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका भारतीय नागरिक बेचन झा नागरिक्ता प्रकरणमा पनि अनुशन्धानमा तानिएका छन्। उनले नेपाल र भारत दुबै देशको नागरिकता प्रयोग गरिरहेको खुलेको छ।

स्रोतका अनुसार भारतको बिहार राज्यस्थित मधुवनीका झा विवाह गर्न नेपाल आएका थिए। उनको विवाह सिरहाको देउरिपट्टीमा भएको हो। तराई कांग्रेसका संस्थापक नेता बेदानन्द झाका भाइ कुलानन्दका ज्वाइँ हुन् बेचन। विवाह गर्नका निम्ति नेपाल भित्रिएका उनी त्यसपछि आफ्नो देश गएनन्।

जेठाससुरा बेदानन्द झाकै लिगेसीबाट बेचन काठमाडौंमा स्थापित भएको र उच्च राजनीतिक नेतृत्वसँग सम्पर्क स्थापित गरेको बताईन्छ। पर्साको वीरगन्ज उपमहानगरपालिका–७ घर भएका बेचनको अहिलेको बसोबास काठमाडौंमै छ। उनको घर मध्यबानेश्वरस्थित चेल्सी कलेज र पाठशाला स्कूलको बीचमा पर्छ। यसबीचमा उनले नेपाली नागरिक्ता लिईसकेको खुलेको छ।

प्रहरीका अनुसार झासँग जिल्ला प्रशासन कार्यालय, पर्साबाट १४ चैत ०६३ मा जारी भएको नेपाली नागरिक्ता छ। उनले वीरगञ्जबाट जन्मको आधारमा घुम्ती टोलीमार्फत नागरिकता लिएको देखिएको छ। नागरिकतामा उनको जन्मस्थान पर्साको वीरगञ्ज लेखिएको छ। नागरिकतामा बुबाको नाम दुखमोचन झा उल्लेख छ।

अर्कोतर्फ उनले भारतको बिहार राज्यस्थित मधुवनी लिएको आधार कार्ड पनि कायमै छ। भारतको निर्वाचन आयोगको मतदाता सेवा पोर्टलमा उनी सन् २०२४ को लोकसभा चुनावमा बिहार राज्यको मधुवनी जिल्लास्थित बाबुबह्री–३४ निर्वाचन क्षेत्रमा मतदाता थिए। मरुकिया प्राथमिक स्कुल उनको मतदान केन्द्र थियो।

आधार कार्ड लगायतका उनका भारतीय कागजपत्रमा आफन्तको नाम दुखनमोचन झा उल्लेख छ। यति मात्रै होईन, उनका छोराहरु विभांशुशेखर झा र जिष्याशुशेखर झाको नाम पनि सन् २०२४ को भारतीय लोकसभा निर्वाचनमा मतदाताको रुपमा उल्लेख छ। जिष्याशुशेखरकी पत्नी चन्द्रिका पनि मतादाता रहेको देखिन्छ। मतदाता सेवा पोर्टमा उल्लेख भए अनुसार उनीहरुको मतदान केन्द्र एउटै हो।

जिल्ला प्रहरी परिसर, काठमाण्डौंले उनीहरुको नागरिकता बारेमा छानविन गरिरहेको छ। अनुसन्धानका संलग्न अधिकृतहरुका अनुसार, बेचनका बुबा भारतीय नागरिक नै हुन्। बेचनले चाहिँ विवाहपछि नेपालमा राजनीतिक च्यानल समाएर ब्यापार ब्यवसाय सुरु गरेको देखिन्छ।

सुरुका दिनमा झाले श्रीमतीको नामबाट व्यवसाय सुरु गरेका थिए। प्राय विद्युतका सामग्रीको ठेक्कापट्टामा सक्रिय रहेका उनी त्यसपछि चौतर्फी रुपमा सकृय भएको पाईएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट