१६ वर्षीया किशोरीलाई दिउँसै होटलमा लागेर बलात्कार गर्ने साह पक्राउ

दमक– झापामा १६ वर्षीया किशोरी बलात्कृत भएकी छिन्। बलात्कारको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका–५ का २४ वर्षीय जीवन साहलाई पक्राउ गरेको छ।
साहले ती किशोरीलाई गत २८ असारको दिउँसो होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ। भद्रपुर नगरपालिका–७ स्थित मौसम होटल एन्ड लजमा लगेर किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले साहलाई पक्राउ गरेको हो। घट्नाको आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया