सोविता गौतम मतदाताको प्रश्नबाट आत्तिएर भागेको खुलासा, संसदमा किन झुटो बोलिन ?
काठमाण्डौं– काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिका–६ स्थित मनकामनामा असामान्य अवस्थामा रहेका युवाहरुले आफुलाई दुर्व्यवहार गरेको भन्दै संसदमा आकस्मिक समय लिएर आक्रोश पोखेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम मतदाताको प्रश्न सामना गर्न नसकेर भागेको खुलासा भएको छ।
सांसद गौतमले आफूलाई आइतबार साँझ गाँजा र मादक पदार्थ लिएका युवाहरूको समूहले दुर्व्यवहार गरेको दाबी रेकी थिईन। ‘पहिरो हेरेर फर्किने क्रममा युवा साथीहरू त्यहाँको सडकमा चिया पिइरहेका थिए। १५/२० जना युवा साथीहरू जम्मा भएका थिए। कोही गाँजाको नशामा र रक्सीले लठ्ठ भएका थिए’, उनले भनेकी थिईन–‘बुढो मान्छेले बोलाएको ठाउँमा मात्रै जाने, हामीले बोलाएको ठाउँमा नआउने भनेर दुर्व्यवहार गरे। मलाई घेर्ने काम भयो। १० जनाजति एकै स्वरमा कराएर के गरिस् फोहोरी भन्दै फोहोरी शब्द प्रयोग गरेर गाली गरे।’
उनले संसद्मा बोल्ने क्रममा आफूलाई एउटा राष्ट्रिय दलसम्वद्ध युवाहरूले दुर्व्यवहार गरेको जिकिर गरेकी थिईन। तर, सामाजिक सञ्जालमा सार्वजनिक भएको १ मिनेट ५३ सेकेन्डको भिडियोमा भने उनलाई अपशब्द प्रयोग गरेको देखिएको छैन।
भीडिओ भने राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तासमेत रहेका सुदीप फुयाँल नामका फेसबुक प्रयोगकर्ताले अपलोड गरेका छन्। फुयाँलले प्रोफाइलमा राप्रपाको चुनाव चिह्न हलो काँधमा बोकेको फोटो र कभरमा अध्यक्ष लिङ्देनसँगको फोटो भएकाले उनी राप्रपाकै कार्यकर्ता भएको अनुमान लगाउन सकिन्छ ।
तर सोवितासँगको विवादमा उनी कतै देखिएका छैनन्। उनले यो भीडीओ युट्युबमा पनि हालेर फेसवुकमा लिंक शेयर गरेका छन्। उनले उक्त प्रकरणको भिडियोमा आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा सोविता भागेको दाबी गरेका छन। ‘आफ्नै क्षेत्रका युवाहरूले समस्या राख्दा यसरी तर्केर हिँडिन् काठमाडौं क्षेत्र नं २ की संघीय सांसद (सोविता गौतम)’, उनले उक्त घटनाबारे लेखेका छन्।
सोविताले भने जस्तै उनलाई स्थानीय युवाले घेरेका चै छन्। उनी युवाहरूसँग सवाल–जवाफमा उत्रिएको पनि भीडीओमा देखिन्छ। धेरै जनासँग सवालजवाफ गर्न नसकेपछि उनी ‘तपाईंहरूलाई शुभकामना छ साथीहरू, राम्रो गर्नु भयो’ भन्दै बाटो लागेकी छिन्।
उनी हिड्दाहिड्दै पनि एकजना युवाले ‘कतिजनालाई रोजगारी दिनु भयो म्याम तपाईं सांसद भएदेखि?’ भन्दै प्रश्न गरेका छन्। सोविता ‘रोजगारी मैले…’ भन्दै अगाडि वढेकी छिन् भने उनकी स्वकीयले ‘तपाईंहरू अफिसमा आउनुस् न’ भन्दै जवाफ दिएकी छिन्।